वैशाख–८ देखि नागरिकता वितरण: सरकार

Simhadarbarकाठमाडौं, ५ वैशाख । मन्त्रिपरिषद्ले नागरिकता वितरण कार्य सहज बनाउन वैशाख–८ गते देखि नागरिकता टोली गाउँगाउँ पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख–८ गतेदेखि नागरिकता वितरण गर्न टोली पठाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । सो कार्यलाई सहज बनाउन मन्त्रिपरिषद्ले नागरिकता सम्बन्धि निर्देशिका पनि पारित गरेको छ ।
यस अघि मधेसवादी दलहरुले नागरिकता वितरणको माग गरेर फोटोसहितको मतदाता नामावली संकलनमा असन्तुष्टि जनाउँदै आएका थिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री पौडेलले नेपाल ट्रस्टको सम्पत्ति संरक्षण गर्न ३ करोड २३ लाख रुपियाँ खर्च गर्ने निर्णय गरेको बताए ।
जलविद्युतका लागि एशियन विकास बैंकले दिन लागेको १३ अर्ब रुपियाँ लिन सरकारले अर्थमन्त्रालयलाई अनुमति पनि दिएको छ ।
माओवादीका पूर्व लडाकु समायोजनका बाँकी कामहरुको समन्वय गर्न पूर्वरथी एवं सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्मालाई संमन्वयकर्ताका रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया