मुलुकलाई राजनीतिक निकास दिन वार्ता गरौं

Sushil Koiralaकाठमाडौं, ६ चैत । कांग्रेस सभापति एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यवीच आज भेटबार्ता भएको छ ।
राजधानीमा भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधानसभाको नयाँ निर्वाचन र अन्य विविध विषयमा कुराकानी भएको हो । सभापति कोइरालाले अध्यक्ष बैद्यलाई नयाँ निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।
वार्ता र सहमतिबाट सबै समस्याको समाधान गर्न सकिने भन्दै कोइरालाले सहयोग गर्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष बैद्यले चार राजनीतिक शक्तिबीच भएको सहमति खारेजी र वर्तमान सरकारको विघटन गर्न सभापति कोइरालालाई सुझाव दिएका थिए । ‘यथाअवस्थामा आगामी मंसिरमा निर्वाचन हुँने संकेत छैन,’ बैद्यले भने, ‘गोलमेच सम्मेलनबाट दलीय सरकार बनाएर निर्वाचन जानुनै उचित विकल्प हो ।’
उच्चस्तरीय समितिको संयोजक भए लगत्तै कोइरालाले असन्तुष्ट नेकपा–माओवादीसँग वार्ताको प्रयास गरेका हुन् ।

प्रतिक्रिया