खोजखबर

आगलागीबाट तीस लाख बराबर क्षति

सौर्य अनलाइन २०७० वैशाख ५ गते ६:५७ मा प्रकाशित

AAglagi-(8)रोल्पा, ५ वैशाख । रोल्पाको मिझिङ गाविसका दुई वटा घरमा आगलागी हुँदा झण्डै ३० लाखको क्षति भएको छ । बिहान करिब १ बजेतिर भएको आगलागीबाट मिझिङ–१ फर्साचौर निबासी मेजु बिष्ट र सूर्यमान बिष्टको घर जलेर खरानी भएका छन् ।
आगलागीबाट घरमा रहेका सम्पुर्ण लत्ताकपडा, भाँडाकुँडा, बन्दोबस्तीका सामान पूर्ण रुपमा जलेका छन् भने मेजु बिष्टको एक वटा गर्भिनी भैंसी समेत जलेर मरेको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीयबासीको सक्रियतामा बिहान साढे तीन बजेतिर मात्र आगो नियन्त्रणमा आएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय