बसको ठक्करबाट एक जनाको मृत्यु

दाङ, ५ वैशाख । दाङमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाईते भएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत लमही–भालुवाङ सडक खण्ड अन्र्तगत चैलाही–१, अर्नहवामा ना ४ ख ४२१५ नम्वरको बसले रा २ प १७१७ नम्वरको मोटर साईकललाई बुधबार राति ठोक्कर दिँदा ३२ वर्षीय लेखराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । चैलाही–२, लमही निवासी शर्मा मोटर साईकलको पछाडी बसेका थिए ।
तिव्रगतिमा रहेको बसले मोटरसाईकललाई ठक्कर दिएको प्रहरी भनाई छ । दुर्घटनामा मोटरसाईकल चालक लमहीका ३४ वर्षीय पंकज केसी गम्भीर घाईते छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया