मलाई अठ्याएर टङकिस खाए

०६६/६७ तिर होला । नृत्यसम्बन्धी प्रतियोगिता छमछमी पहिलोपटक सुरुआत भएको । यस प्रतियोगितामा मैले पनि भाग लिएँ । यसमा सहभागी भए पछि मेरा लागि अभिनयका ढोकाहरू प्रसस्तै खुले । त्यो समयदेखि अहिलेसम्म म अभिनयका विभिन्न विधामा आफूलाई व्यस्त गराउँदै आएकी छु । अभिनयका यी अवधिमा मेरो जीवनमा विभिन्न उतारचढाव पनि आएका छन् भने धेरै किसिमका फ्यान पाएकी छु । फ्यानकै कुरा गर्दा कलाकारितामा मैले सकारात्मक सोच भएकै फ्यान पाएकी छु । ती फ्यानकै मायाले आज म यसक्षेत्रमा टिक्न र बिक्न सफल छु ।
फ्यानसँग विशेष भेटहुने माध्यम मेरो कार्यक्रममै हो । यसकै सिलसिलामा फ्यानहरूसँग प्रत्यक्ष भेट्ने र कुरा गर्ने अवसर पाइन्छ । अहिलेसम्म मैले चारसयका हाराहारीका कार्यक्रममा सहभागिता जनाएँ होला । ती सबै कार्यक्रम मलाई फ्यानसँग कुराकानी गर्ने अवसरका रूपमा प्राप्त भयो । जति फ्यान पाएकी छु ती मध्ये धेरै मेरो सुन्दरताभन्दा नृत्यकै Parbati-Raiप्रशंसा गर्छन् । केही महिना अगाडि रुकुमको कार्यक्रममा अभिनेता राजेश हमालसँग गएकी थिएँ । त्यहाँ एउटा सानी बच्चीले मलाई भनिन् ,‘तपार्इं जस्तै बन्न मनलागेको छ ’ । यो मात्र कहाँ हो र कति फ्यानका अभिभावकले भेटेर आफ्नो छोरीलाई म जस्तै बनाउने चाहना भएको सुनाउँछन् । उनीहरूलाई म अभिनयमा अगाडि बढ्ने बाटो देखाइदिन्छु । मैले नचिनेका धेरै मानिस मेरो नृत्य हेरेपछि फ्यान भएका उदारण कति छन् कति मसँग ।
पूर्वी पहाडी जिल्ला खोटाङमा केही महिना अगाडि कार्यक्रम लिएर जाँदा बेग्लै रमाइलो अनुभव हासिल गर्न पाएँ । एउटा कार्यक्रमका लागि म त्यहाँ गएकी थिएँ । त्यहाँ फ्यानहरूले घेरेर अटोग्राफ लिन थाले । अटोग्राफ दिँदादिँदा रातै परेछ । कार्यक्रममा आफ्नो प्रस्तुति राखी सकेकीले खासै अप्ठेरो परेन । तर, एउटा फ्यानले चाहिँ एक्कासी मलाई च्याप्प अठ्याएर टनकिस दिइहाले । मेरो सातो पुत्लो उड्यो । के गर्ने सोच्नै सकिनँ । ऊ तिर रिसले नियालेर हेरेको त केटी रहिछन् । त्यसरी किसगर्दा म सरप्राइजमा परेँ । के केटीले पनि केटीलाई यसरी किस गर्दारहेछन् भन्नेमा । केटा फ्यानले मलाई किस गर्न खोज्नु त सामान्य नै हो ।
फ्यानकै मायाका कारणले विदेश सम्मका यात्रागर्ने अवसर पाएकी छु । हङकङ, मलेसिया, कोरियालगायत देशमा कार्यक्रम गरेको छु । त्यहाँका फ्यानसँग धेरै घुलमिल गरेको छु । विदेशी कार्यक्रममा मिल्ने अवसर पनि यही हो । विदेशको पहिलो कार्यक्रम मेरो हङकङ हो । त्यहाँका धेरै नेपाली नृत्यकै कारणले मेरा फ्यान बनेका छन् । कोरियामा नृत्य गर्दा त वान्स मोर र आई लव युका हुटिङ कति हो कति । जताततैबाट यही गुन्जन्छ । एक फ्यानले कार्यक्रमका आयोजकसँग मलाई भेटाउन अनुनयविनय नै गरेछन् । आयोजकले मलाई भेटाइदिए । पछि थाहा भयो उनले किन यसो गरे भनेर । उनी त मेरो छमछमी कार्यक्रम देखिकै फ्यान रहेछन् । मेरा फ्यान यहाँसम्मका छन् भन्ने मलाई थाहा थिएन । ती फ्यानले प्याकिङ गिफ्ट पनि दिए । उनी गए पछि खोलेर हेर्दा सामसुुम एच थ्रि मोबाइल रहेछ । सुरुमा त यो गिफ्ट नलिउ जस्तो पनि लाग्यो । फ्यानले माया गरेर दिएको फर्काउन पनि मनासिफ लागेन । गिफ्ट राखँे । आजसम्म पनि यो चलाउँदै छु । उनले मबाट अन्य केही पनि आश गरेका रहेनछन् । त्यो थाहा पाए पनि मैले हेट गर्न सकिनँ । उनले मलाई सेतो टिसर्टसमेत गिफ्ट दिएका थिए । आग्रह गरे ड्रेस लगाएर कोरिया घुमिदिन । टिसर्ट लगाएर घुम्दै थिए । उनकै फोन आयो । फोनमा उनले टिसर्ट उल्ट्याएर हेर्न अनुरोध गरे । म अचम्म मान्दै टिसर्ट उल्टो बनाएर हेरँे । भित्रपट्टि त आई लब यु पार्वती लेखिएको रहेछ । सो प्रस्ताव भेटेर नकारँे । माया त नकारँे तर उनलाई फ्यानबाट हटाउन सकिनँ ।
फेसबुक म त्यति प्रयोग गर्दिनँ । तर, फ्यान भने मेरा धेरै छन् । मेरा कामका सल्लाह सुझाव फ्यानहरूले फेसबुकमा म्यासेजका रूपमा पठाउँछन् । फ्यानका म्यासेज हेर्न दिनको एक घन्टा समय छुट्याएकी छु । मेरा फ्यान कोही यस्ता छन् जसले मलाई युज गर्न खोज्छन् । सेक्स प्रस्ताव राख्छन् । यस्ता प्रस्ताव राख्ने फ्यानलाई फेसबुक फ्यानबाटै हटाइदिन्छु र सम्बन्धै बनाउँदिनँ ।

प्रतिक्रिया