क्यासिनोका सञ्चालक सकुशल/बाँकी पक्राउ

casinoकाठमाडौं, ४ वैशाख । प्रहरीले लाजिम्पाटस्थित होटेल साँग्रिलाको क्यासिनोमा छापामारेर पाँच जना नेपालीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग लैनचौरबाट खटिएको टोलीले आज विहान बाग्लुङ घर भई बसुन्धरा बस्ने ४८ वर्षीय कुमार शेरचनसहितका पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कानूनले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
क्यासिनोमा रहेका नेपालीलाई पक्राउ गरे पनि सञ्चालक र कर्मचारीलाई भने प्रहरीले पक्राउ गरिएको छैन ।
प्रहरीले यस अघि पनि राजधानीका विभिन्न क्यासिनोमा छापामार्दै आएको छ । क्यासिनोमा छापामारे पनि नेपाली प्रवेशमा छुट दिने सञ्चालक र कर्मचारीलाई भने प्रहरीले कुनै कारबाही गर्ने गरेको छैन ।

प्रतिक्रिया