सुस्तमनस्थितिकी महिलालाई बलात्कार

Balatkar 5रुपन्देही, ४ वैशाख । रुपन्देहीमा सुनिता चौधरी (नाम परिवर्तन)को सामूहिक बलात्कार भएको छ । बलात्कारको घटनामा संगलग्न ६ जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।
सुनवल–८ बस्दै आएकी सुस्तमनस्थितिकी २१ बर्षीया सुनितालाई मंगलाबार ६ जनाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा केरवानी बस्ने २८ बर्षीय नाजामुदीन धुनियाँसहित ६ जना रहेका छन् ।
केरवानी–२, लक्ष्मीटोलस्थित पोखरीमा काम गरीरहेकी सुनितालाई धनियाँसहितको समूहले बलात्कार गरेका थिए ।
बलात्कारको सूचना पाएलगत्तै प्रहरीले धनियाँसहितको समूहलाई पक्राउ गरेको जनाएको छ । पीडित महिलाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया