अध्यक्ष रेग्मी र नेता पौडेलवीच भेटबार्ता

Baluwatarकाठमाडौं, ४ वैशाख । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र कांग्रेस उपसभापति रामचन्द्र पौडेलवीच भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपसभापति पौडेलले मंसिर महिना भित्रै निर्वाचनको वातावरण बनाउन आग्रह गरे । उनले आन्दोलनरत दल र संघ/संगठनहरुसँग वार्ता गरेर निर्वाचनमा सहभागी गराउन पनि आग्रह गरे ।

प्रतिक्रिया