आगलागीका कारण बर्दियामा ९३ घर नष्ट

Bardiya-Aagalagiबर्दिया, ४ वैशाख । बर्दियाको बेलवा–७ (ख) चेपाङ गाउँमा आगलागीबाट ९३ घर जलेर नष्ट भएका छन् । आगलागीका कारण करिव १ करोड बराबरको धनमाल क्षति भएको प्रराम्भीक अनुमान छ ।
मंगलबार मध्यराति सुरु भएको आगलागीबाट १ सय ३६ परिवारका ९३ घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक सुरेश विक्रम शाहले जानकारी दिए । हुरीवतासका कारण आगो फैलिदा घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद, पशुपंक्षी जलेर नष्ट भएको छ ।
आगो बंगुरको खोरबाट सल्केको हुन सक्ने स्थानीयको अनुमान छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आज विहान आठ बजे मात्रै आगो नियन्त्रणमा लिईएको शाहले बताए ।
आगलागीबाट घर गुमाएका पीडितहरु सडक किनारमा बसेका छन् । पीडितलाई तत्काल खानेकुरा र लत्ता कपडासहितको राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी ध्रुवराज जोरीले बताए । आगलागी भएको गाउँ सदरमुकाम गुलरिया देखि ८० किलोमिटर पूर्वमा पर्छ ।

प्रतिक्रिया