रोल्पामा एक लाख बराबरको लुटपाट

रोल्पा, ३ वैशाख । रोल्पाको इरिवाङ गाविसमा ५० हजार रुपियाँ नगद सहित करिब एक लाख बराबरको लुटपाट भएको छ ।
३ जनाको समूहमा आएका लुटेराहरुले राङसी–६ निवासी ३१ वर्षीय केवल घर्तीमगरलाई कुटपिट गरी ५० हजार रुपियाँ नगद, सुनको औंठी, नोकिया मोबाइल सेट एक थान र घडी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय इरिबाङले दुई जनालाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा राङ्सी–६ का जयन्द्र चन्द र दीपक बुढा रहेका छन् ।
इरिबाङ गाविसको बागमारा बजारस्थित जननिर्माण होटलमा बास बसेका मगर आइतबार राति लुटिएका हुन् ।

प्रतिक्रिया