मजदुरद्वारानै सप्तरीमा यातायात बन्द

राजविराज, ३ वैशाख । नेपाल स्वतन्त्र मजदुर संगठनले प्रहरी प्रशासनको विराधमा मंगलवार विहान सप्तरीको यातायात सेवा बन्द गराएको छ ।
प्रहरीले एकपक्षीय मुचुल्का तयार गरी षड्यन्त्रपूर्वक सवारी चालकलाई फसाएको आरोप लगाउँदै संगठनले यातायात बन्द गराएको हो ।
बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चैत–१ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत जण्डौल सडक खण्डमा भएको दुर्घटनामा प्रहरीले पैसाको प्रलोभनमा परेर एकपक्षीय मुचुल्का तयार गरेको आरोप संगठनको छ । संगठनले चालकलाई फसाएको दाबी गरेका छन् ।

प्रतिक्रिया