अमेरिकाको बोस्टनमा बम विष्फोट

Americaन्यूयोर्क । अमरीकाको बोस्टन शहरमा भएका दुई अलग अलग बम विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने एक सय बढि घाईते भएका छन् ।
नेपाली समय अनुसार सोमबार राति भएका दुई विष्फोट बोस्टन म्याराथन सकिनै लाग्दा भएको बीबीसीले जनाएको छ ।
विष्फोट पुस्तकालय भित्र भएका हुन् । विष्फोट पछि उछुट्टिएका सिसाले बाहिर रहेका सर्वसाधारणलाई समेत चोट लागेको थियो ।
विष्फोट कस्ले र किन गराएको हो भन्ने खुल्न सकेको छैन । बम विष्फोटको जाँचका लागि अमेरिकाले संघीय जाच एजेंसी (एफबीआई) लाई जिम्मेवारी दिएको छ ।
उता, अमेरिकी राष्ट्रपति बराक ओबामाले बोस्टनमा भएका विष्फोटका जिम्मेवाद जो कोहीले कारबाही भोग्नु पर्ने चेतावनी दिएका छन् । उनले विष्फोटको अनुसन्धान सुरु भईसकेको जनाए ।

प्रतिक्रिया