जोलीले खोलिन् स्कुल

angelina-jolieलस एन्जलस : हलिवुड अभिनेत्रीहरूको कलाकारितामा जति लगाव हुन्छ त्यतिकै लगाव सामाजिक काममा पनि रहने गरेको छ । यसको ज्वलन्त उदारणका रूपमा अभिनेत्री एंजेलिना जोलीलाई लिन सकिन्छ । उनले हालै मात्र अफगानिस्तानी केटीका लागि एक स्कुल खोलेकी छन् । यो स्कुल उनले आफ्नो संस्था द एजुकेसन पार्टनरसिप फोर चिल्डेस् अफ कफिल्कटबाट खोलेकी हुन् ।
राजधानी काबुल बाहिर खोलिएको यस स्कुलमा दुई सयदेखि तीनसय संख्याका बालिका अध्ययन गर्न मिल्नेछ । यसको अलवा जोली अर्का एक स्कुल पनि बनाउने तयारीमा छिन् । जसका लागि उनले आफूले संग्रह गरेका र विवाहका गहनासमेत बेच्दैछिन् । गहनाको बिक्रीबाट जे जति रकम आउँछ म नयाँ स्कुल बनाउँछु उनले भनिन् ।
संयुक्त राष्ट्र संघ शरणार्थी उच्च आयोग (युएनएचसिआर) की सद्भावना दूतसमेत रहेकी जोलीले कलाकारिताबाट भन्दा बढी चर्चा सामाजिकबाट पाउने गरेकी छन् । जोलीले पूर्वी अफगानिस्तामा स्कुल निर्माणका लागि २०१० मै एउटा कोषसमेत खडा गरेकी थिइन् । त्यो कोषमा अहिले विभिन्न क्षेत्रबाट रकम जम्मा भइरहेको छ । अहिले स्कुल निर्माणका लागि जोलीले बेच्न लागेकीे गरगहना चर्चित डिजाइनर रोवट प्रकापले २०१२ मा तयार पारेका हुन् । (एजेन्सी)

प्रतिक्रिया