एकैदिन दर्जन ठाँउमा आगलागी

Saptari-Aaglagiराजविराज, २ बैशाख । सुख्खामौसम र हावाहुरीका कारण देशका विभिन्न ठाँउहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । सप्तरी जिल्लामा आईतवार र सोमवार मात्र आधा दर्जन गाविसमा भएको आगलागीले करोडौंको क्षतिभएको छ ।

आईतवार साझ तिलाठी गाविसमा आगलागीमा हुँदा ६० घर जलेर नष्ट भएका छन् भने करीव १ करोडको क्षति भएको छ । वडा नं. ५ निवासी देवनारायण यादवको घरमा विद्युत सर्ट भई सुरु भएको आगलागीमा ४, ५ र ६ नं वडाका करिव ६० भन्दा वढि घर जलेर नष्ट भएका छन् । उनीहरुका ३ भैसी र १३ वाख्रापाठा समेत जलेर मरेका छन् । आगलागिमा डम्वर यादव, देवनारायण यादव, रामगुलाव यादव, दोरीक यादव, खुसीलाल यादव, रामनारायण यादव, सुधिर यादव लगायतका घर जलेको प्रहरीले जनाएको छ । आइतवार नै रौटहट ९ मा भएको आगलागीमा परि २ परिवारका ५ घर जलेर नष्ट भएका छन । आगलागीले २ बाख्रा जलेर मरेका छन् भने ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बसबिट्टी ६ र मलेठ ६ मा १० घर जलेर खरानी भएका छन् । आगलागीले १० लाखको क्षती भएको प्रहरीको अनुमान छ । जग्गा किन्न घरमा राखेको कुन्दन यादवको ५ लाख नगद समेत जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । आईतवार साझ धनेश्वर यादवको घरमा गहु झार्न प्रयोग गरिएको थ्रेसरबाट सुरु भएको आगोले ९ वटा घर जलेर नष्ट भएका छन् भने ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी पकरीका असई अरुण यादवले बताए ।

यस्तै हिजो नै फत्तेपुर ४ सिद्धिपुर निवासी ध्रुव वस्नेतको घरमा आगलागी हुदा करीव १० लाखको क्षती भएको थियो । दुई दिनभित्र भएका यि घटना बाहेक सप्तरीमा यस अघि पनि दर्जनौ स्थानमा आगलागि भएको र करौडौको धनमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । क्षेत्रीय प्रशासक जनार्दन नेपालले सोमवार आगलागी भएको तिलाठिको निरीक्षण गरेका छन् ।

 

प्रतिक्रिया