१० लाख स्वयम्सेवक परिचालन गरिने

चितवन, २ चैत । नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले देश विकासका लागि सरकारले १० लाख स्वयम्सेवक परिचालन गर्न लागेको बताएका छन् ।
पुर्वी चितवनको टिकौली चौरमा जारी नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीको समापन समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले विकास लागि विदेशीको मुख ताक्ने प्रवृत्तीको अन्त्य गर्न यूवा परिचालन हुनुपर्नेमा जोड दिए । अघिल्लो सरकारले अगाडी सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिने मुख्यसचिव पौडेलले स्पष्ट पारे ।
चैत २८ गतेदेखि सुरु भएको नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीमा ८ विदेशी समुह र नेपालका ५९ जिल्लासहित ५ हजार ५ सय ९९ स्काउट विद्यार्थीहरुको सहभागिता थियो ।
ज्याम्बोरीमा नेतृत्व विकास, सीप विकासलगायतका विभिन्न क्रियाकलापमा स्काउटकर्मीहरुले सहभागिता जनाउनुका साथै आआफ्ना देशको संस्कृतिसमेत आदानप्रदान गरेका थिए ।
६ दिनसम्म चलेको ज्याम्वोरीमा २ करोडको खर्च भएको नेपाल राष्ट्रिय स्काउटले जनाएकोे छ ।

प्रतिक्रिया