एक लाख क्विन्टल चिनी उत्पादन

कलैया : बाराको मनहर्वा गाविस–५ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केई मिल्सले गत वर्षको तुलनामा यो बर्ष ४४ हजार क्विन्टलले वृद्धि गरी एक लाख ६ हजार पाँच सय क्विन्टल चिनी उत्पादन गरेको छ । मिल्सका महाप्रबन्धक शिवनाथ शर्माले सो जानकारी दिएका हुन् ।

गत पुस २ देखि चैत २९ सम्म सञ्चालित सो मिल्सले बारा, पर्सा र रौतहट जिल्लाका कृषकले खेती गरेका उखु कुल ११ लाख ७३ हजार ९ सय ३७ दशमलव २५ क्विन्टल खरिद गरी क्रसिङ गरी करिब एक लाख ६ हजार पाँच सय क्विन्टल चिनी उत्पादन गरेको हो ।
गत वर्ष सो सुगर मिल्सलाई कुल नौ लाख पाँच सय उखु क्रसिङ गरी कुल ६२ हजार पाँच सय क्विन्टल चिनी उत्पादन भएको थियो । मिल्सले उखु क्रसिङ कार्य बन्द गरेको छ ।

प्रतिक्रिया