हातेमालो सहकारीको स्वरोजगार कर्जा लगानी

बारा : सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कर्जा लगानी प्रारम्भ गरेको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट संस्थाले सम्झौता गरेको ५० लाखको पहिलो किस्तामा प्राप्त १५ लाख १५ जनालाई वितरण गरी स्वरोजगारी सिर्जना गरिरहेको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बेरोजगार युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने उद्देश्यले सहुलियत ब्याजदरमा बढीमा दुई लाख रुपियाँ प्रदान गर्ने नीतिअनुरूप हातेमालो सहकारीले यो अभियान प्रारम्भ गरेको हो ।
सदस्यलाई कर्जा रकम हस्तान्तरण गर्दै अध्यक्ष कृष्ण पौडेलले राज्यको नीतिअनुसार स्वरोजगारीमार्फत उद्यमशीलता, उद्यमशीलतामार्फत उत्पादन र उत्पादनमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउन आग्रह गरे । संस्थाले विशेषत: विपन्न लक्षित समुदायका युवा सदस्यलाई लगानीमा प्राथमिकता दिने नीति रहेको छ । 

प्रतिक्रिया