हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं : नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने करिब एक हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।
विगत वर्षका पहिलो दिन भएका सवारी दुर्घटनालाई मध्यनजरी गरी ट्राफिक प्रहरी महाशाखाले शनिबार रातिदेखि विशेष जाँच गर्दा उक्त संख्यामा सवारी चालक कारबाहीमा परेका हुन् । महाशाखाका प्रवक्ता पवनकुमार गिरीले ६५ स्थानमा चेक प्वाइन्ट राखी गरिएको चेकिङका क्रममा आइतबा दिउसो ४ बजेसम्म मात्रै एक हजार दुई सय ७२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिए । एक सय १७ सवारी साधनलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।
उनका अनुसार महाशाखाले सोमबार एकमुष्ट विवरण सार्वजनिक गर्ने भएको छ । नयाँ वर्षका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, मोटरसाइकलमा दुईभन्दा बढी यात्रा गर्ने, तीव्र गतिमा सवारी साधन चलाउनेजस्ता ट्राफिक नियम उल्लंघनका कार्य देखिएको महाशाखाले जनाएको छ । (सौस)

प्रतिक्रिया