स्वास्थ्य परीक्षण प्रतिवेदन सबै देशले मान्यता दिनुपर्छ : एसोसिएसन

काठमाडौ, २ वैशाख । नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले मातहतका स्वास्थ्य संस्थाले गरेको स्वास्थ्य परीक्षण प्रतिवेदन जुनसुकै देशले पनि मान्यता प्रदान गर्नुपर्ने जनाएको छ ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी एसोसिएसन अध्यक्ष खड्गबहादुर श्रेष्ठले सरकारी मापदण्ड पूरा गरी स्थापना भएका स्वास्थ्य संस्थाको प्रतिवेदनलाई केही मुलुकमा मान्यता प्रदान नगरिएकामा आपत्ति जनाए ।
खाडी मुलुकका ओमन, साउदी अरब र बहराइनमा सरकारी स्वीकृतिप्राप्त सबै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरी पठाएको प्रतिवेदनलाई मान्यता दिलाउनका लागि ती मुलुकका प्रतिनिधिसाग कूटनीतिक पहल गरिदिन सरकारसाग एसोसिएसनले माग गरेको छ । ती मुलुकमा गल्फ काउन्सिल कमिटी (जिसिसी)ले नेपालमा ‘गाम्का’ नामक प्रतिनिधिमूलक संस्था स्थापना गरी सोअन्तर्गतका केही स्वास्थ्य केन्द्रलाई मात्र आफूखसी छनोट गरेको छ ।
अध्यक्ष श्रेष्ठले जिसिसीका पदाधिकारी सोमबार नेपालमा आउने र श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीसाग गर्ने वैदेशिक रोजगारी तथा स्वास्थ्य परीक्षण केन्द्रसम्बन्धी छलफलमा समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारसाग आग्रह गरे । ‘नेपालका स्वास्थ्य संस्था विदेशीले निरीक्षण गरेर मात्र स्वीकृति दिने अवस्था हो भने सरकारको प्रतिनिधिसहितको कार्यदल बनाउनुपर्छ,’ उनले भने, ‘मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले दिने स्वास्थ्य प्रतिवेदनलाई जिसिसीले मान्यता दिनैपर्ने बाध्यात्मक अवस्था ल्याउन सरकारले दबाब दिनुपर्छ ।’

प्रतिक्रिया