काठमाडौंका दुई वटा क्यासिनोमा प्रहरी छापा

casinoकाठमाडौं, १ वैशाख । प्रहरीले काठमाडौं रहेका दुई वटा क्यासिनोमा छापा मारेर ११ जना नेपालीलाई पक्राउ गरेको छ ।
आइतबार विहान करिव तीन बजे दरवारमार्गस्थित अन्न क्यासिनो र क्यासिनो रोयलमा छापा मारेको प्रहरीले जनाएको छ । क्यासिनोमा नेपालीलाई प्रवेशमा बन्देज छ ।
दुवै क्यासिनोमा प्रहरीले एकैसाथ छापामारेको जनाएको छ । छापाका क्रममा जुवातास खेलीरहेका नेपाली नागरिक पक्राउ परेका हुन् ।
प्रहरीले अन्ना क्यासिनोबाट क्वाईन र नगद सहित ६ जना तथा क्यासिनो रोयलबाट विभिन्न क्वाइन र नगद सहित ५ जना नेपाली नागरिक पक्राउ गरेको हो ।
उनीहरुको साथबाट क्यासिनो अन्ना लेखिएका १० हजार दरको ३ थान, १ हजार दरको १० थान क्वाइन, क्यासिनो अन्ना लेखिएको सिक्का १८ थान, क्यासिनो भेनस लेखिएका १ हजार दरको १ थान क्वाइन र नगद १ लाख ४७ हजार ५ सय रुपियाँ समेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया