बसको ठक्करले साईकल यात्रुको मृत्यु

चितवन, १ बैशाख । पश्चिम चितवनको भरतपुर–१३ कल्याणपुरमा आज विहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
नारायणगढ तर्फ आउदै गरेको ना ३ ख ५६४ नम्बरको रामपुर चनौली रुटमा चल्ने बसले एक साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री भरतपुर नगर पालिका–४ बस्ने टेकबहादुर परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भिर घाइते भएका परियारको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बसका चालक र बस नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया