बाग्मती नदीमा डुबेर तीन जनाको मृत्यु

Rutahatरौतहट, १ वैशाख । रौतहट जिल्लामा बाग्मती नदीमा डूबेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन ६ जनाको समूहमा बाग्मती नदी किनारमा पुगेका मध्ये तीन जनाको डूबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा बसतपुर–४ का १६ वर्षीय कृष्ण झा, १४ वर्षीय दीपक झा र २० वर्षीय रितेश झा रहेका छन् । बसतपुर घाटमा नुहाउन नदीमा हाम फालेका ६ जना मध्ये तीन जना पानी बाहिर नआए पछि स्थानीयको सहयोगमा उनीहरुलाई बाहिर निकालिएको थियो ।
डूबेका तीनै जनालाई गम्भीर अवस्थामा उपचारका लागि तत्काल जिल्ला अस्पताल गौर पुर्‍याईए पनि बचाउन नसकिएको आफन्तको भनाई छ । अस्पतालमा चिकित्सकको अभावमा तीन जना युवकको उपचार हुन नसकेको परिवारजनले आरोप लगाए ।
अस्पतालमा चिकित्सक नरहेको आक्रोशमा स्थानीयले जिल्ला अस्पतालमा ढुङ्गामुढा समेत गरेका छन् । तोडफोड पछि अस्पतालका झ्याल फुटेका छन् ।

प्रतिक्रिया