‘६० को दशक युगान्तकारी’

sunriseकाठमाडौं, १ बैशाख । राष्ट्रपति डा. रामवरण यादवले मतमतान्तरलाई थाती राखी फेरि एकजुट भई नयाँ चुनावमार्फत मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्नेतर्फ अग्रसर हुन राजनीतिक दललगायत सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रपति डा. यादवले नयाँ दशक तथा नववर्ष २०७० को उपलक्ष्यमा शुभकामना सन्देशमार्फत नयाँ संविधानसभा गठनको सहमतिले आशावादी तुल्याएको उल्लेख गर्दै नयाँ संविधानसभाको चुनावलाई नववर्षको उपहारका रूपमा स्वीकार गर्ने विश्वास व्यक्त गरेका हुन् । ‘नयाँ संविधानसभाको चुनाव स्वच्छ ढंगबाट सम्पन्न गराउन राजनीतिक दल तथा नेपाली जनताले पुन: एकपटक त्यस्तै धैर्य, परिपक्वता र कार्यकुशलता प्रदर्शन गर्नेछन् भन्ने मेरो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।’ शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाई हतियार तथा पूर्वलडाकुको व्यवस्थापनमा प्राप्त गरेको सकारात्मक उपलब्धिका कारण नेपालीको क्षमताप्रति विदेशीको विश्वास बढेको राष्ट्रपति कार्यालयका शाखा अधिकृत दशरथ राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
६० को दशक युगान्तकारी भएको टिप्पणी गर्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘भर्खरै हाम्रो पात्रोबाट बिदा भएको वि. सं. २०६० को दशक युगान्तकारी राजनीतिक परिवर्तनका घटनाहरूका कारण चिरकालपर्यन्त नेपाली मानसपटलमा रहिरहनेछ । समयको प्रवाहसँगै नेपाली समाजले हिंसा र हतियारको राजनीतिक चक्रव्यूहबाट क्रमश: त्राण पाउँदै छ ।’ लोकतान्त्रिक विचार र पद्धतिप्रति प्रतिबद्धता जनाउने राजनीतिक एवं अन्य समूहको संख्या पनि दिन प्रतिदिन बढ्दो रहेको विज्ञप्तिमा जनाइएको छ । राज्यको समावेशी तथा सकारात्मक विभेदसम्बन्धी नीतिको परिणामस्वरूप सामाजिक भेदभाव, निरपेक्ष गरिबी तथा आर्थिक शोषणका घटनामा कमी आएको महसुस गर्न थालिएको उल्लेख छ ।
संविधानसभाबाट नयाँ संविधान बन्न नसकेकोमा भने राष्ट्रपतिले असन्तुष्टि जनाएका छन् । संविधान बन्न नसकेका कारण देश र जनताले आर्थिक क्षति, राजनीतिक अस्थिरता तथा संवैधानिक अनिश्चिततालगायत समस्या बेहोर्नुपरेको राष्ट्रपतिको भनाइ छ । ‘संविधानसभाको अवसानपछि उत्पन्न अन्योलको अवस्थामा प्रमुख राजनीतिक शक्तिबीच आवश्यक निकास पहिल्याउने सहमति जुट्न नसकेको पृष्ठभूमिमा मुलुकले शासनप्रशासन सम्बन्धमा आजको विकल्प (अन्तरिम चुनावी मन्त्रिपरिषद्)लाई आत्मसात् गर्नुपरेको हो,’ उनले भनेका छन्, ‘यो अस्थायी विकल्प मुलुकलाई स्थिरता र संस्थागत प्रणालीतर्फ डोर्‍याउनका लागि मात्र हो ।’

कुपन्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी हुँदै गोंगबु बसपार्क पुग्नेछ । त्यस्तै, कलंकीबाट सुरु हुने रुट रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टसम्म रहनेछ ।
साझाले यात्रुलाई ‘ट्रान्सफर टिकट’ को सुविधासमेत दिने भएको छ । अर्थात् कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको बसमा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझाकै बसबाट महाराजगन्ज जान खोजेमा पूरै भाडा तिर्न नपर्ने व्यवस्था गरिएको अध्यक्ष दीक्षितले बताए । उनका अनुसार यो टिकटअनुसार पहिलो बसमा पूरा भाडा र अर्को बसमा आधा भाडा तिरेर गन्तव्यमा पुग्न सकिनेछ ।
साझा बसको उद्घाटन गर्दै मुख्यसचिव पौडेलले १२ वर्षपछि खोला फर्केझैँ उपत्यकामा साझाका बस सञ्चालनमा आएका बताए । ‘लामो समयपछि पुन: साझा यातायात सञ्चालन गर्न पाउँदा खुसी र रमाइलो लागेको छ,’ उनले भने, ‘नेपाली एक उखानजस्तै १२ वर्षपछि साझाको सेवा फकिर्एको छ ।’
सुरक्षाका लागि बसमा दुईवटा सिसिटिभीको व्यवस्थासमेत गरिएका साझाका बसमा दुईवटा ढोका रहेका छन् । यात्रुले पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्नुपर्ने व्यवस्था गरिएको छ । बसको दुवै ढोका चालकको नियन्त्रणमा हुनेछ । यसका साथै बसमा मनोरञ्जन तथा सूचनाका लागि टिभीको समेत व्यवस्था गरिएको छ । साझाका अनुसार बसमा जडान टिभीमा मनोरञ्जनका सामग्री, ट्राफिक सूचना तथा अन्य शिक्षामूलक सामग्री प्रसारण गरिनेछ ।
सबै बसमा गरी अहिले ६० जना चालक र सहचालकहरू कार्यरत छन् । महिला जनशक्तिलाई भएसम्म अवसर दिने भनेकाले ६ जना महिला सहचालकको पनि नियुक्ति गरिएको छ । ५१ वर्षअघि सरकारले स्थापना गरेको साझा बस ०५८ सालमा विघठन भएको थियो । पछि ०६७ सालमा साझालाई सहकारीको रूपमा पुन:स्थापित गरिएको थियो ।

प्रतिक्रिया