१२ महिनाका १२ आपराधिक घटना

काठमाडौं, १ बैशाख । शान्तिसुरक्षा र सुशासनका लागि बर्सेनि अर्बौं लगानी हुने गर्छ । तर, लगानी र आशा गरिएअनुसारको उपलब्धि कहिले पनि हासिल हुँदैन । वर्ष २०६९ पनि त्यस्तै रह्यो । जसलाई पुष्टि गर्न १२ महिनाका १२ अपराधिक र चर्चित घटना काफी छन् । केही घटनाले त मुलुकलाई नै लज्जित पनि बनायो ।

घटना–१
न्यायाधिशको दिनदहाडै हत्या

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको १८ जेठमा दिनदहाडै गोली हानी हत्या गरियो । मन्दिर दर्शन गरेर बा ८ च ९८५३ नम्बरको गाडीमा कार्यालय फर्कने क्रममा शंखमूलस्थित युएन पार्कनजिकै गोली प्रहार भएपछि बम सडकमै ढले ।
उपचारका लागि नर्भिक अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन । घटनामा उनका सुरक्षा गार्ड महेश गिरी र रामजी गिरी पनि घाइते भए ।
तत्कालीन एआइजी कुबेरसिंह रानाको संयोजकत्वमा घटनाको छानबिन गर्न अनुसन्धान समिति बनाइयो । तर, समितिले अपराधी पक्राउ गर्न त परैको कुरा पहिचानसमेत गर्न सकेन । अनुसन्धानका लागि भनेर अहिले पनि केही सुरक्षाकर्मी परिचालित छन् । उनीहरू आपैँm ‘कुहिरोको काग झैँ’ बनेका छन् ।
घटना–२
कर्णेल लामा पक्राउ प्रकरण
नेपाली सेनाका कर्नेल कुमार लामा गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनको अभियोगमा १९ पुसमा बेलायतमा पक्राउ परे । देशभित्र नागरिक समाज मात्रै होइन, सरकारमा रहेका मन्त्रीहरूसमेत उनको पक्राउको पक्ष/विपक्षमा बाँडिए । सो घटनाका कारण अन्तर्राष्ट्रिय जगत्मै नेपालको छवि धमिल्यायो । कर्नेल लामा पूरै दुई महिना बेलायती प्रहरीको हिरासत बस्नुपर्‍यो । १० हजार पाउन्ड धरौटी रकम बुझाएर उनी हिरासत मुक्त त भएका छन् तर मुद्दाको फैसला नभएसम्म बेलायत छोड्न नपाउने भएका छन् । बेलायतमै रहेको आफ्नै घरमा उनी नजरबन्दको अवस्थामा छन् ।
घटना–५
‘कन्ट्रयाक्ट किलर’ श्रीमती

मुलुकभर महिला हिंसाविरुद्धको आवाज उठिरहेका बेला काठमाडौंमै २८ वर्षीय याङ्जी शेर्पाले ‘कन्ट्रयाक्ट किलर’सँग साँठगाँठ गरी २२ पुसको राति आफ्नै श्रीमान्को हत्या गरिन् । प्रेमीसँग रोमान्स गर्न पाँच लाखको सुपारी दिई उनले श्रीमान् फुदोर्ची शेर्पाको हत्या गर्न लगाएकी थिइन् । फुदोर्जीको चपली भद्रकाली–८ स्थित उनकै निर्माणाधीन घरनजिकैको छाप्रोमा पेपर कटरले घाँटी रेटेर हत्या गरियो । घटनामा सोलुखुम्बु देउसा–२ का २७ वर्षीय नीरकुमार कार्की र सोलुखुम्बु छेस्कान–२ का २६ वर्षीय फुर्तेन्जी शेर्पा पनि संलग्न थिए ।
घटना–३
एसएसपीको तस्करसग मिलाप

नेपाल प्रहरीका एसएसपी रविराज श्रेष्ठ विदेशी मुद्रा तस्करी संलग्न रहेको घटनाले प्रहरीलाई नै लज्जित बनायो । श्रेष्ठकै निर्देशनमा उनका सवारीचालक शोभित कार्की र असई हीराकाजी कुमालले भारतीय नागरिक विनोदकुमार सोनीमार्फत एक करोड २४ लाख रुपियाँ बराबरका विभिन्न मुलुकका मुद्रा तस्कर गरेको पुष्टि भयो । घटना बाहिर आएपछि निलम्बन गरिएका श्रेष्ठलाई केही दिनअघि जागिरबाटै बर्खास्त गरियो । त्यही अपराधमा श्रेष्ठका सहयोगीले सजाय भोगिरहेका छन् तर उनी भने निस्फिक्री हिँडिरहेका छन् ।
घटना–६
प्रचण्डलाई झापड

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई उनकै कार्यकर्ता पदम कुँवरले झापड हानेको घटनाले संसारभर चर्चा पायो । पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले दाहाललाई झापड बजाएका थिए । एमाओवादीका कार्यकर्ताले कुँवरलाई पनि कुटपिट गरे । प्रहरीले बल्लतल्ल उनको ज्यान जोगायो । हिरासतमा रहेका कुँवर २८ हजार धरौटी रकम तिर्न नसकेपछि जेल गए । संसारभर छरिएर रहेका नेपालीहरूले उनको सहयोगका लागि रकम दिए । पछि दाहाल आफैँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटीबापतको रकम तिरिदिए ।
घटना–४
लुटपाट र बलात्कारमा हाकिम

साउदी अरबबाट घर फिरेकी भोजपुरकी एक युवतीलाई विमानस्थलमै त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरूले लुटपाट गरे । एक प्रहरी जवानले उनलाई बलात्कारसमेत गर्‍यो । युवती लुटपाट र बलात्कारमा संलग्न अध्यागमनका शाखा अधिकृतद्वय रामप्रसाद कोइराला र टीकाराज पोखरेल अहिले पनि फरार छन् । त्यही घटनाका दुई अभियुक्तलाई भने अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइसकेको छ ।
घटना–७
तिब्बतीको आत्मदाह

काठमाडौंको बौद्धस्थित स्तुपाको मुख्य गेटमै २५ वर्षीय तिब्बती शरणार्थी धोन्डुप गोप्चेले आत्मदाह गरे । घटनाले विश्वभर तहल्का पिट्यो । आफैँले शरीरमा पेट्रोल छर्किएर आगो सल्काएका उनको उपचारका क्रममा मृत्यु भयो । घटनासँगै चर्चित मानवअधिकारवादी सुदीप पाठक र कपील श्रेष्ठले शरणार्थीहरूको आन्दोलनलाई सघाएका छन् भनेर उनीहरूको नाम पनि जोडियो ।

घटना–८
पूर्वसभासद्द्वारा ‘यौन दुव्र्यवहार’
नीलहीरा समाजका अध्यक्ष तथा पूर्वसभासद् सुनीलबाबु पन्तले ‘काउन्सिलिङ’का लागि आएका एक पुरुष समलिंगीलाई कार्यालयभित्रै यौनदुव्र्यवहार गरेको घटना ३ असोजमा सार्वजनिक भयो । त्यसअघि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उनले ‘काउन्सिलिङ’का लागि कार्यालयमै आएका सरकारी इन्जिनियरमाथि यौनदुव्र्यावहार गरेका थिए । ढोकामा चुकल लगाएर इन्जिनियरको पाइन्ट खोली दुव्र्यवहार गरेको पीडितले बताएका थिए ।
घटना–९
डिआइजी सिलवालको बार्गेनिङ
स्वच्छ छविका कहलिने तत्कालीन एसएसपी (अहिले डिआइजी) नवराज सिलवालले रकम बार्गेनिङ गरिरहेको अडियो टेप पनि यही वर्ष सार्वजनिक भयो । भदौ २५ मा अडियो टेप सार्वजनिक भएपछि प्रहरीभित्र यसले सनसनी मच्चायो । घरजग्गाको कारोबार गर्ने क्षेत्री समाज नेपाल सिन्धुपाल्चोकका अध्यक्ष शम्भु भनिने गुनबहादुर थापाबीच आर्थिक करोबार भएको तथ्य टेपले पुष्टि गथ्र्यो । तर, सिलवालले उक्त घटना झुटो भएको दाबी गर्दै आएका छन् । प्रहरीले पनि त्यसबारे कुनै छानबिन नै गरेन ।
घटना–१०
जेसिका काण्ड
नेपाली चलचित्रकी नायिका जेसिका खड्का (ज्योति खड्का)ले ‘सेक्स भिडियो’ का कारण आत्महत्या गरिन् । उनी प्रेमी jesika khadkaबालदीप राईसँग घरजम गर्ने मनस्थितिमा थिइन् । तर, विगतमा सार्वजनिक भएको सेक्स भिडियोका कारण उनी धेरै चिन्तित थिइन् । फलत उनले आफ्नै कोठाको सिलिङमा पासो लगाई आत्महत्या गरिन् । केही वर्षअघि हास्यकलाकार प्रकाश ओझा र उनको सेक्स भिडियो सार्वजनिक भएको थियो ।
घटना–११
हिरोलाई हिरोइनको धम्की
चपली हाइटकी चर्चित नायिका विनीता बरालले ज्यान मार्ने धम्की दिएको भन्दै ७ असारमा सोही चलचलित्रका नायक राज घिमिरेले प्रहरीमा उजुरी हाले । उजुरीमा समाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जती र ज्यान मार्ने धम्की दिएको उल्खेल थियो । विनीताले उनका भाइ पर्ने दिक्पाल कार्कीलाई प्रयोग गरी धम्की दिएको घिमिरेको आरोप थियो । प्रहरीले कार्कीलाई पक्राउ गर्‍यो । पछि विनीताले माफी मागेपछि घटना मिल्यो ।
घटना–१२
डिआइजीको श्रीमती प्रकरण
श्रीमतीको हत्या गरी जेलजीवन बिताइरहेका सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाको घटनासँग झन्डै मिल्दोजुल्दो अर्को घटना सार्वजनिक भयो, बहालवाल एआइजी सुशीलकुमार श्रेष्ठका पनि ६ वटी श्रीमती । उनी जुन स्थानमा सरुवा भएर जान्थे, त्यही नयाँ श्रीमती बनाउँथे । श्रेष्ठकी जेठी श्रीमती अञ्जली प्रधान हुन् । त्यसबाहेक भावना राई, अम्बिका शर्मा, तारा सिंह, थर नखुलेकी राधिका र गीतालाई पनि उनले श्रीमती बनाएका थिए ।

प्रतिक्रिया