पर्सामा आगलागी हुँदा एक सय बढि घर जले

prasaवीरगञ्ज, ३१ चैत । पर्सा जिल्लाको धोरे गाविसमा आगलागी हुँदा झण्डै एक सय फुसका घर जलेर नष्ट भएका छन् ।
स्थानीय रामानन्द सहनीको घरमा माछा पोल्न बालिएको आगो सल्किएर शनिबार दिउँसो चार वटा वडामा आगलागी भएको प्रहरीले जनाएको छ । आगोमा जलेर केही व्याक्ति घाइते समेत भएका छन् ।
मोतीलाल पटहेरा, हीरालाल पटेहरा, जयराम ठाकुर, असर्फी राम, हरिकिसनु ठाकुर, चन्द्रवीर राम , मुनिलाल राम, हीरालाल रामलगायतका घर जलेका छन् ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले बताए ।
उता, बाराको हरिहरपुर–१, गंगानगरमा शनिबार दिउँसो आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीमा सञ्झारी दवी घाइते भएकी छन् ।

प्रतिक्रिया