जलेर तीन बालिबालिकासहित चारको मृत्यु

Morang-Aagoकाठमाडौं, ३१ चैत । पर्वत, दैलेख र रुपन्देही जिल्लामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालबालिका छन् ।
पर्वत जिल्लाको लुङखु–८ मा ७५ बर्षीया दिलकुमारी नेपालीको आगोले जलेर मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा हीराकुमारी नेपालीलगायतको घर गोठ जलेका थिए ।
आगलागीमा परेर ९ वटा घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिव ८० लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीमा दुई भैंसी २ र ३ वटा बाख्रा पनि जलेर मरेका छन् ।
यता, दैलेख जिल्लाको नौमुले–२ मा खरको थुप्रोमा आगलागी हुँदा जलेर दुई बर्षीया पुतली रामजाली र तीन वर्षीय बलबहादुर रामजालीको मृत्यु भएको छ । मृत्यु हुने बालबालिका रञ्जीत रामजालीका नातीनतिना हुन् ।
शुक्रबार बेलुका घर अगाडी राखेको खरको थुप्रोमा अचानक आगलागी हुँदा नजिकै खेलीरहेका बालबालिका जलेको प्रहरीले जनाएको छ ।
उता, रुपन्देही जिल्लाको बगाह–७, बदैगाउँमा पाँच बर्षीया जयनुल निशा धुनियाको जलेर मृत्यु भएको छ ।
स्थानीय मियाँ मुल्लाह धुनियाको घरमा खाना पकाउने क्रममा शुक्रबार बेलुका अचानक आगलागी भएको थियो । सोही आलगालीमा परेर जयनुल निशाको जलेर मृत्यु भएको हो । आगलागीबाट २ वटा कच्ची घर जलेका छन् । (फाईल तस्विर)

प्रतिक्रिया