घरमा आगलागी हुँदा १३ चौपायको मृत्यु

Rolpa Districtरोल्पा, ३१ चैत । रोल्पा जिल्लाको कोर्चाबाङस्थित एक घरमा आगलागी हुँदा जलेर १३ वटा चौपायाको मृत्यु भएको छ ।
आगलागीबाट घरका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । शनिबार विहान करिव एक बजे कोर्चाबाङ–१ का परभान बिकको घरमा एक्कसि आगलागी हुँदा ४ वटा गाई, ३ भेडा र ६ वटा खसी–बाख्रा जलेर मरेको पीडित बिकले जानकारी दिए ।
नगद तथा जिन्सी गरी करिब ४ लाख बराबरको धनमाल नष्ट भएको पीडित बिकको भनाई छ ।

प्रतिक्रिया