रौतहटमा प्रहरी र भारतीय डाँकाबीच भिडन्त

Indian-Dankaरौतहट, ३१ चैत । रौतहट जिल्लामा प्रहरी र भारतीय डाँका समूहबीच दोहोरो गोलीहानाहान हुँदा कारबाहीमा एक जना डाँकाको मृत्यु भएको छ ।
गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ डाँकाको समूहले शनिबार विहान गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर अन्दाजी ३५ वर्षीय एक जना डाँकाको मृत्यु भएको प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जानकारी दिए । मृत्यु भएका डाँकाको सनाखत हुन सकेको छैन ।
केही साता यता बञ्जरहा तथा टीकुलीया आसपासका क्षेत्रमा डकैतीका घटना बढे पछि प्रहरीले गस्ती बढाएको छ । गस्तीमा रहेका सुरक्षाकर्मीलाई भारतीय डाँकाको समूहले शनिबार विहान करिव एक बजे गोली चलाएका हुन् ।
बञ्जरहा–८, बकैया नदी किनार हुँदै भारतीय डाँका डकैती गर्न नेपाल प्रवेश गरेका थिए । १०–१२ जनाको समूहमा हतियारसहित रहेका डाँकालाई घेराहालेर पक्राउ गर्न खोज्दा डाँकाले सुरक्षाकर्मी माथि गोली चलाएका थिए ।
घटनास्थलबाट प्रहरीले दुई थान पेस्तोल तथा पाँच थान गोली बरामद गरेको छ । प्रहरी तर्फ कुनै क्षति भने भएको छैन ।

प्रतिक्रिया