द ब्रिटिस कलेज र बास्केटबल संघबीच सम्झौता

काठमाडौं : द ब्रिटिस कलेज र नेपाल बास्केटबल संघबीच शुक्रबार राजधानीमा बास्केट बल ट्यालेन्ट हन्ट–२०१३ आयोजन गर्ने सम्झौतामा हस्ताक्षर भयो ।
कार्यक्रम एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीका लागि आयोजन गरिनेछ । कार्यक्रममा छनोट भएका विजेता एक विद्यार्थीलाई थापाथलीस्थित द ब्रिटिस कलेजले ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ ।
आगामी वर्ष (२०१४) मा आयोजना हुने अन्डर–१८ राष्ट्रियस्तरको खुला बास्केटबल प्रतियोगितालाई पनि द ब्रिटिस कलेजले सघाउने भएको छ ।
यसैगरी, कलेजले गएको मंगलबारदेखि द ब्रिटिस कलेज परिसरभित्रै आयोजना भएको खेल सप्ताह–२०१३ अन्तर्गत फुटसाल, बास्केटबल, टेबल–टेनिस, पुल, चेसलगायत खेलकुद पनि सम्पन्न भएका छन् । खेलकुदलाई विद्यार्थीको कला प्रस्टफुटनका लागि महत्त्वपूर्ण अवसर हुने कुरा महसुस गर्दै द ब्रिटिस कलेजले खेलकुदसँग सम्बन्धित विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ । गएको महिना पनि ए डिभिजन फुटबल क्लब थ्री–स्टारसँग खेल प्रायोजन गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । (सौस)

प्रतिक्रिया