दलीय सिन्डिकेट ब्रेक गरी दिन्छु: कोइराला

Sushil-Koiralaकाठमाडौं, ३० चैत । कांग्रेस सभापति सुशील कोइरालाले चार दलको सिन्डिकेटलाई ब्रेक गर्ने बताएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै कोइरालाले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफूमा आउने वित्तिकै चार दलीय सिन्डिकेट ब्रेक गर्ने बताए ।
‘राजनीतिक समितिको नेतृत्व मैले गर्न पाएपछि मोहन बैद्य र उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन प्रयत्न थाल्छु,’ उनले भने, ‘उहाँहरुलाई हात खुट्टा जोडेर भए पनि म सहमतिमा ल्याएर निर्वाचनको वातावरण बनाउँछु ।’
सभापति कोइरालाले संविधानसभा निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने बताए । उनले भने, ‘निर्वाचन क्षेत्रमा जित्ने उमेदवारलाई छाड्ने गरी तालमेल हुँन्छ ।’
उनले संघीयताका विषयमा कांग्रेसलाई आशंका नगर्न आग्रह गरे । उनले भने, ‘कांग्रेसको महासमिति बैठकले संघीयताका पक्षमा स्पष्ट धारणा बनाएको छ ।’ सभापति कोइराला मुलुकले धेरै प्रदेश धान्न नसक्ने भएकाले सात प्रदेश मात्रै बनाउन सुझाव दिएको बताए ।

प्रतिक्रिया