मुम्बईमा नेपाली मजदुरको हत्या

Hatya 2धनगढी, ३० चैत । डडेल्धुराका योगेन्द्र पनेरुलाई भारतको मुम्बईमा अपरिचित समूहले हत्या गरेको छ ।
मजदुरी गर्न गएका कैलपालमाडांै–५, जैसेराका २६ वर्षीय पनेरुको बिहीबार राति हत्या भएको हो । पनेरु गत कात्तिकमा मुम्बई गएका हुन् ।
मुम्बईको कल्यान सिटीस्थित कुवा भेज एण्ड नन्भेज रेष्टुरेन्टमा काम गरेर कोठामा फर्कदै गर्दा पनेरुलाई पछाडीबाट अपरिचित समूहले आक्रमण गरी भागेको उनका आफन्त चन्द्रकान्त हमालले जानकारी दिए ।
आक्रमणबाट गम्भीर घाइते पनेरुलाई उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हमालले जानकारी दिए ।
उनको हत्या कसले र किन गर्‍यो भन्ने बारेमा केही थाहा हुन सकेको छैन ।

प्रतिक्रिया