‘एमाले नेता नेपाल कहाँका बासिन्दा हुन् ?’

Anil-Kumar-Jhaरौतहट, ३० चैत । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कहाँका बासिन्दा हुन भन्ने ठेगान नभएको टिप्पणी गरेका छन् ।
गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा झाले नेता नेपालको परिवार कहाँको हो भनेर भन्नै गाह्रो रहेको बताए । ‘माधवजी आफै कहाँका बासिन्दा हुन् भन्न गाह्रो छ,’ उनले भने, ‘माधवजी प्रधानमन्त्री हुँदा उहाँका राजनीतिक सल्लाहकार रघुजी पन्तले रौतहटका वासिन्दा भारतबाट आएका हुन् भनेर लेख नै लेखेका छन् ।’
नेता नेपाललाई भारतमा जन्मेको समेत आरोप लगाएका उनले भने, ‘माधवजी दोधारे नेता हुन् ।’
उनले नेता नेपाललाई अब रौतहटबाट चुनाव नलड्न सुझाव दिए । ‘अब माधवजी रौतहटबाट चुनाव उठ्न हुँदैन,’ उनले भने ।
अध्यक्ष झाले आफू रौतहटको क्षेत्र नम्बर एकबाट उम्मेद्वारी दिने बताए । उनी चुनावी अभियानका लागि गृह जिल्ला रौतहटमा छन् ।

प्रतिक्रिया