गूगलको अध्ययन: मृत्यु पछि ईमेल के गर्ने

Googleअमेरिका । विश्व प्रसिद्ध सफ्वेर कम्पनी गूगलले प्रयोगकर्ता व्यक्तिको मृत्यु पछि उस्ले प्रयोग गर्दै आएका ईमेल र फेसबुकको स्ट्याटस तथा सामाग्रीहरुलाई के गर्ने भनेर अध्ययन सुरु गरेको छ ।
बीबीसीका अनुसार सफ्टवेयर कंपनी गूगलले ईमेल र फेसबुक चलाउने प्रयोगकर्ताको मृत्यु पछि डाटाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन सुरु गरेको जनाएको छ ।
गूगलले डाटालाई नजिकका सम्बन्धित व्यक्ति दिने वा गोप्य राखेर डिलीट गर्ने विषयमा समेत अध्ययन सुरु गरेको जनाएको छ । यद्यपि गूगलले अझै ठोस निर्णय भने लिएको छैन ।
सफ्टवेयर कंपनी गूगलले अब आफ्ना प्रयोगकर्तालाई योजनाका बारेमा जानकारी गराएर मृत्यु पछि के गर्ने भनि जानकारी माग्ने छ । ईमेल र फेसबुकका सन्देशहरु प्रयोगकर्ताको रोजाईमा आफन्त वा डिलीट गर्ने प्रावधान राखिने छ ।
गूगलले मृत्यु पछि मात्रै नभई मृत्यु अघि पनि आफूलाई ईमेल र फेसबुक चलाउन मन नलागे त्यसलाई केही समय रोक्ने गरेर पनि प्रावधान राख्ने तयारी गरेको बीबीसीले जनाएको छ । गूगलले सबै प्रावधानहरु अहिले आफूसँग मात्रै सीमित राखेको छ ।
विश्वभरि इंटरनेट प्रयोगकर्ताले यस विषयमा चिन्ता जनाई रहेका बेला गूगलको सो भनाई सार्वजनिक भएको छ ।
गूगलको मुख्यालय अमेरिकाको कैलीफोनिर्यामा छ । कंपनी यू ट्यूब, फोटो सम्पादित गर्ने वाला सफ्टवेयर पिकासा तथा ब्लॉगस्पॉटलाई पनि चलाउने गर्छ ।
गूगलले प्रयोगकर्ताले आफ्ना सूचना तीन, छ, नौ या १२ महिना पछि डिलीट गर्न सक्ने छन् । यो उनीहरुमा भर पर्ने छ । यस विषयमा ईमेल, फोन वा एसएमएसबाट पनि कुराकानी गरिने छ ।
गूगलका साथै फेसबुकले पनि प्रयोगकर्ताको मृत्यु पछि सो खातामा रहेका सामाग्री यादगार बनाउने विषयमा पनि सोंच बनाएको छ ।

प्रतिक्रिया