लिटिल मिस एन्जल–२०१३ हुने

litil-miss-काठमाडौं : १० देखि १४ वर्ष उमेर समूहका बालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले लिटिल मिस एन्जल–२०१३ हुने भएको छ । कलश इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका ६२ प्रतियोगी छन् ।
आगामी जेठमा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रमका सहभागीलाई व्यक्तित्व विकास, सिर्जनशील क्रियाकलापमा प्रशिक्षण भने वैशाखाट सुरु गरिने आयोजक संस्थाका कार्यकारी अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी गराए । उनका अनुसार प्रतियोगीले प्रशिक्षण अवधिभर विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकद्वारा प्राथमिक उपचार, सुरक्षा व्यवस्थापन, सामाजिक उत्तरदायित्व, खेलकुद, बालअधिकारजस्ता विधामा सहभागी हुन पाउनेछन् । रोहिया महर्जनले कोरियोग्राफी गर्ने यस कार्यक्रमका विजेतालाई नगद १५ हजारका साथमा आँकुरा फाउन्डेसनद्वारा बालबालिका तथा वातावरण सद्भावना दूत हुन पाउने अवसर पाउनेछन् । त्यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश: नगद १० हजार र आठ हजारका साथै अन्य उपहारहरू पाउनेछन् । प्रतियोगिताले बालिकाको प्रतिभा प्रदर्शनका फाँटमा छुट्टै पहिचान स्थापित गराउने विश्वास आयोजकले लिएको छ । (सौस)

प्रतिक्रिया