दीपक मनाङे पक्राउ

deepak-manangeकाठमाडौं : २० लाख ५० हजारको चेक बाउन्स भएको अभियोगमा दीपक गुरुङ उर्फ दीपक मनाङे प्रहरीको फन्दामा परेका छन् । ठगीको उजुरी परेपछि प्रहरीले मंगलबार मनाङेलाई ठमेलबाट पक्राउ गरेको हो ।
चर्चित डनका रूपमा चिनिने मनाङेले जग्गा कारोबारका क्रममा राजनाथ उपाध्यायलाई दिएको २० लाख ५० हजारको चेक बैंकले नगद मौज्दात नभएको भन्दै फर्काएपछि उपाध्यायले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई साँझ ६ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख रणबहादुर चन्दले जानकारी दिए । (सौस)

प्रतिक्रिया