‘दलले खुट्टा कमाएकाले निर्वाचन सर्‍यो’

Posta Bahadur Bogat 1नुवाकोट : एकीकृत नेकपा माओवादीका महासचिव पोस्टबहादुर बोगटीले दलहरूले खुट्टा कमाएका कारण असारमा हुने भनिएको निर्वाचन टरेको बताएका छन् । मंगलबार तुप्चेमा आयोजित कार्यक्रममा महासचिव बोगटीले भने, ‘असारमा निर्वाचन गर्ने सहमति भए पनि दलहरूले खुट्टा कमाइसकेका छन् । निर्वाचन आयोग र अहिलेको सरकार पनि यो वा त्यो कारण देखाएर पछि हटेकाले असारको निर्वाचन टरेको छ ।’
००७ देखि ०१७ सालबीचको संक्रमणकालीन अवस्था दोहोरिने सम्भावना बढेकाले जिकिर गर्दै नेता बोगटीले छिटोछिटो भन्दा निर्वाचन गरेर यस्तो राजनीतिक रिक्तता आउन नदिन दलहरू लाग्नुपर्ने बताए । निर्वाचनको मिति तत्काल घोषणा गरेर निर्वाचनमार्फत समस्याको निकास खोज्न उनले आग्रह गरे । (सौस)

प्रतिक्रिया