असारमै चुनाव सम्भवः दाहाल

Prachandaबाग्लुङ, २७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले युद्धस्तरमा काम गरे असारमै निर्वाचन सम्भव हुने जिकिर गरेका छन् ।
निर्वाचन आयोग र चुनावी सरकारले समेत असारमा संविधान सभाको निर्वाचन संभव नभएको बताईरहेका बेला पार्टीको कार्यक्रममा सहभागि हुन बाग्लुङ पुगेका माओवादी अध्यक्ष दाहालले असारमै निर्वाचन गर्न सकिने जिकिर गरेका हुन् । उनले सरकार गठन भएको लामो समय बितिसक्दा समेत निर्वाचनको मिति घोषणा नहुनुले आफु आश्चर्यचकित भएको टिप्पणि गरे । ‘सरकार गठन भएको भोली पल्टै निर्वाचनको मिति घोषणा गरिनुपथ्र्यो,’ दाहालले भने, ‘चुनावको मिति सार्वजनिक गर्न सरकारले किन ढिलाई गरिरहेको छ, मैले बुझ्न सकिन ।’ दाहालले असारमा निर्वाचन नहुने भए कात्तिकमा चुनाव गराउनुपर्ने बताए ।
पुर्वप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले निर्वाचन गराउनकै लागि आफुले राजीनामा दिएपनि अहिले निर्वाचन नगराउन विभिन्न षड्यन्त्रहरु हुन थालेको दावी गरे ।

प्रतिक्रिया