रेग्मी सरकारका बारेमा जवाफ दिनु पर्छ

Sujata-Koirala-3चितवन, २७ चैत । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्त विपरित प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाएको विषयमा नेतृत्वले महासमिति बैठकमा जवाफ दिनुपर्ने जनाएकी छन् ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुरागर्दै कोइरालाले पार्टीको विधान र नीति विपरित गएर कांग्रेस नेतृत्वले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन सहमति जनाएको आरोप लगाईन् । ‘राजनीतिक निकासका लागि छिटो भन्दा छिटो दलकै नेतृत्वमा सरकार गठन गर्नु पर्छ,’ उनले भनिन् ।
महासमिति बैठकले संघीयताका सम्बन्धमा स्पष्ट धारणा ल्याउनु पर्ने उनले माग गरिन् । ६ भन्दा बढी संघ निर्माण गर्न नहुने कोइरालाले प्रस्ताव गरिन् ।

प्रतिक्रिया