३३ दल चार शक्ति र सरकारसंग रुष्ठ

maobadi flagकाठमाडौं, २६ चैत । नेकपा–माओवादीसहितका ३३ दलले सरकारका विरुद्ध पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आज बसेको ३३ दलको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले वर्तमान सरकारको खारेजी र दलीय सरकारको माग समेत गरेका छन् ।
प्रमुख चार राजनीतिक शक्तिबीच भएको ११ बु“दे सहमति तथा २५ बु“दे बाधा अड्काउ फुकाउ आदेशको विरोध गर्दै आएका उनीहरुले आइतबार नेपाल बन्द आह्वान समेत गरेका थिए ।
चैत–३० गते विभिन्न पक्षसग अन्र्तक्रिया गर्ने, वैशाख–४ गते देशका प्रमुख शहरमा विरोध सभा गर्नेलगायतका कार्यक्रम रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । उनले यथाअवस्थामा चार शक्ति र सरकारसंग वार्ता नगर्ने पुरानो अडान पुनः दोहराईन् ।

प्रतिक्रिया