पाँच उद्योगमा अनुगमन

वीरगन्ज : संयुक्त बजार अनुगमन समिति पर्साले वीरगन्जका विभिन्न पाँच उद्योगमा अनुगमन

गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पर्साको संयोजनमा गएको अनुगमन टोलीले वीरगन्जका तीनवटा खाद्यान्न उत्पादक र दुई प्लास्टिक उद्योगमा अनुगमन गरेको हो । वीरगन्ज छपकैयाको मुस्कान बेकरी एन्ड फुड प्रोडक्ट, आदर्शनगरको गुड मर्निङ बेकरी एन्ड फुड प्रोडक्ट र श्रीपुरको बेकर्स डिलाइट प्रालिमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत विमलप्रसाद
बरालले बताए ।
‘दैनिक उपभोग्य पाउरोटी, बिस्कुट र विभिन्न बेकरी उत्पादन गर्ने ती उद्योगले सरसफाइमा आवश्यक ध्यान नदिएकाले ती उद्योगलाई सचेत गराइएको छ ’ प्रमुख उद्योग अधिकृत बरालले भने, ‘ती उद्योगहरूमा उत्पादन तथा उपभोग्य मितिमा समेत अनियमितता भएको देखिएकाले त्यसमा सुधार गर्न आवश्यक निर्देशनसमेत दिइएको छ ।’
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य कार्यालय र वीरगन्ज उपमहानगरपालिका कार्यालयका प्रतिनिधिसमेत सहभागी टोलीले छपकैयाको सोनी प्लास्टिक इन्डस्ट्रिज र भवानी प्लास्टिक उद्योगमा पनि अनुगमन
गरेको थियो ।

प्रतिक्रिया