चोरीका मोटरसाइकलसहित चार पक्राउ

काठमाडौं : प्रहरीले चोरीका १० मोटरसाइकलसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले मकवानपुरबाट चोरीका १० मोटरसाइकलसहित अभियुक्तलाई पक्राउ गरेको हो । बरामद भएका एकमध्ये अरू मोटसाइकल काठमाडांै उपत्यकाबाट चोरी भएका हुन् ।
प्रहरीका अनुसार बा.५०प ६७४ नम्बरको पल्सर बल्खुबाट, बा.४२प ८४१४ नम्बरको पल्सर गोंगबुबाट, बा.४६प ७७५६ नम्बरको पल्सर धोबीघाटबाट, बा.२९प ८१७७ नम्बरको डिस्कभर बानेश्वरबाट, बा.४प ७४३३ नम्बरको डिस्कभर घट्टेकुलोबाट र बा.४४प ९९६७ नम्बरको अपाचे चाबहिलबाट हराएको थियो । प्रहरी कार्यालयमा निवेदन नपरेको बा.२५प ११६२, बा.४७ प ७५१५ र बा.३४ प ४१२० नम्बरको तीनैवटा पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।
मोटरसाइकसँग पक्राउ परेका अभियुक्तमा मकवानपुर आग्रा–६ का २५ वर्षीय राजेन्द्र तामाङ, दोलखा डाँडाखर्क–९ का २५ वर्षीय राकेश भनिने निकेश लामा, काभ्रे पुरानो गाउँ– १ का २७ वर्षीय हरिकृष्ण श्रेष्ठ र मकवानपुरकै दामन–६ का २९ वर्षीय अक्रोज केसी छन् । चोरेका मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । (सौस)

प्रतिक्रिया