चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

धनगढी, २५ चैत । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट डेढ वर्षीया बालिकाको मृत्यु भएको छ ।
विशालपुर गाविस वडा नम्वर १, रोकाटाकी गम्भीर चन्दकी डेढ वर्षीया छोरी कोपिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको आफन्तले जनाएका छन् ।
शनिबार राति करिव नौं बजे कोपिलालाई घरको आगनमा चितुवाले आक्रमण गरेको थियो ।
सो क्षेत्रमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया