राजविराज, २४ चैत । गत सोमवार घरकै सदस्यबाट आगो लगाएर जिउँदै जलाइएकी एक महिलाको शुक्रबार उपचारका क्रममा निधन भएको छ ।
दाईजो नल्याएको निहुँमा आफ्नै पति तथा परिवारका अन्य सदस्यवाट शारिरीक तथा मानसिक यातना खेप्दै आएकी सप्तरीको डिमन ३ की ३५ वर्षीया संयुक्ता कुमारी देवको जिउमा गएको सोमवार आगो लगाइएको थियो । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संयुक्ताको करिव ९० प्रतिशत शरिर जलेका कारण बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
मृतकका बुबा जामुन प्रसाद चौधरीले दाईजोको निहुँमा छोरीका श्रीमान शिवकुमार, देवर विनयकुमार र अशोककुमार तथा देउरानी कविता देवको मिलेमतोमा हत्या गरिएको भन्दै प्रहरीमा उजुरी हालेका छन् । तर मृतक संयुक्ताको परिवारले भने खाना पकाउदा लुगामा सल्केको आगोले उनी घाईते भएको बताएका छन् । घटनाका बारेमा सप्तरीका प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले अनुसन्धान भइरहेको वताए ।
प्रतिक्रिया