नवलपरासीमा अवैध २५ थान हतियार संकलन

नवलपरासी, २३ चैत । जिल्ला प्रहरी कार्यालय नवलपरासीले विभिन्न स्थानबाट अवैध २५ थान हात हतियार संकलन गरेको छ ।
प्रहरीले गाउँमा रहेका अबैध हतियार बुझाउन पटक पटक सूचना जारी गरी सकेको छ । सूचना अवधिमा ईलाका प्रहरी कार्यालय गैँडाकोटमा १० थान र ईलाका प्रहरी कार्यालय डेढगाँउमा १५ थान हतियार संकलन भएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
स्वस्फूर्त रुपमा बुझाएका हतियार सवै भरुवा वन्दुक रहेको निरीक्षक थापाले बताए ।
नवलपरासीको गैँडाकोट, मुकुन्दपुर, रतनपुर, कोटथर, डेढगाँउलगायतका क्षेत्रबाट मात्र हतियार संकलन भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया