चलचित्रकर्मीबाटै सुमिनाको विरोध

काठमाडौं : अभिनेत्री सुमिना घिमिरेले टेलिफोनमार्फत रंगपत्रकार विजयलाई दिएको धम्कीमाथि विभिन्न संघ–संस्थाले पनि आपत्ति जनाइरहेका छन् । यस्तैमा चलचित्र ‘ओम’पछि ‘जन्जिर’ निर्माण गरेका निर्माता करण श्रेष्ठ ‘क्रेजी’ले र प्राविधिक संघका पूर्वसचिव तथा पुण्य लक्ष्मी मिडियाका केशव घिमिरेले पनि प्रेस विज्ञप्ति जारी गरी नायिका सुमिनाले पत्रकारमाथि गरेको दुव्र्यवहारको कडा शब्दमा निन्दा गरेका छन् । उनहरुले नायिकाहरूको यस्तो हर्कतले नेपाली कलाकारको बेइज्जत हुने गरेको बताउँदै मर्यादित भई प्रस्तुत हुन आग्रह समेत गरेका हुन ।
विज्ञप्तिमा भनिएको छ, पत्रकारमाथि मौखिक र भौतिक आक्रमण बढ्दै गएको अवस्थामा स्वयं कलाकारले यस्तो अमानवीय व्यवहार देखाउनु झनै आपत्तिजनक कुरा हो ।’ (सौस)

प्रतिक्रिया