हिस्टान औपचारिक रुपमै विभाजित

चैत । उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको संगठन उच्च माध्यमिक शिक्षक एसोसिएसन हिस्टान विभाजित भएको छ ।
हिस्टानका पदाधिकारीहरु भ्रष्टाचार, अनैतिकतामा लिप्त बनेको र शिक्षकको हक हितका लागि केही नगरेर उच्च मावि शिक्षा परिषदसंग दलाली मात्रै गरेको आरोप लगाउंदै असन्तुष्ट शिक्षकले राष्ट्रिय उच्च माध्यमिक शिक्षक एशोसियशन (एनहिस्टान) नामको नयां संस्था खोलेका हुन् ।
कृष्णबहादुर कार्कीको अध्यक्षमा गठन भएको एनहिस्टानले हिस्टानका पदाधिकारीहरुले पदको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एनहिस्टानका पदाधिकारीले संगठनको आय–व्ययको लेखापरीक्षण नगरी आर्थिक अनियमितता गरेको आरोप लगाए ।
उनीहरुले सामुदायिक र निजी उच्च माविको हितमा काम गर्नुको सट्टा सम्बन्धित निकायसंग सांठगांठ गरी व्यक्तिगत स्वार्थमा लागेको लगायतका आरोप पनि एनहिस्टानको छ ।
एनहिस्टानले देशभरिका सामुदायिक तथा निजी उच्च माविमा पढाउने शिक्षकरुको नियुक्ति पत्रको व्यवस्था तत्काल गर्नुपर्ने नौं बुंदे माग समेत अघि सारेको छ ।
हिस्टानको केन्द्रीय कार्यसमितिको अध्यक्षमा कृष्णबहादुर कार्की, उपाध्यक्षमा मणिरत्न पराजुली, श्याम ढकाल, दधिराम पन्थी, खेचरनाथ दाहाल र ध्रुवराज जोशी, महासचिवमा चमेली अंगाई, सचिवमा मनोज अधिकारी, कोषाध्यक्षमा मोहन राई, सदस्यहरुमा विनोदचन्द्र पन्त, मीनाकुमारी सिंहलगायत रहेका छन् ।

प्रतिक्रिया