……..साना दललाई सभासद पदको रन्को

elecation commition 1काठमाडौं, २२ चैत । कांग्रेस र एमालेले मतदानमा खसेको कुल मतको एक प्रतिशत ल्याउन नसक्ने दललाई सभासद पद दिन नहुने निर्वाचन आयोगको प्रस्तावको स्वागत गरेका छन् ।
बैठकमा कांग्रेस र एमाले बाहेकका सबै दलले आयोगको सो प्रस्तावको विरोध गरेका हुन् । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा एमाओवादीसहित साना दलहरुले प्रस्ताव नमान्ने चेतावनी दिए । एक प्रतिशत मत ल्याउनु पर्ने बाध्यकारी प्रावधान हटाउन माग गरेको नेताहरुले बताए ।
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन र तयारीका बारेमा छलफल गर्न विघठित संविधानसभाका सबै दललाई बोलाएका थिए ।
आयोगले कुल सदर मतको एक प्रतिशत पनि नल्याउने दलहरुलाई समानुपातिक तर्फको सिट नदिने प्रस्ताव गरेपछि साना दलहरु जोडजुलुमसहित विरोधमा उत्रिदै आएका छन् । कांग्रेस र एमालेले जनताको मत जितेर मात्रै प्रतिनिधि बन्नसकिने जनाउंदै आएका छन् ।
अघिल्लो संविधानसभामा न्यूनतम मत नल्याई समानुपातिक प्रणालीबाट संविधानसभामा पुगेका सभासदहरुले नियम र मर्यादाविपरितका गतिविधि गरेको थिए । सोही गलत क्रियाकलापलाई रोक्न आयोगले एक प्रतिशत मतको प्रावधान ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया