अमेरिका माथि आक्रमणको अनुमित

North korea afpउत्तर कोरिया । उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिका माथि परमाणु आक्रमण गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।
उत्तर कोरियाको सेनाद्धारा जारी विज्ञप्तिका अनुसार अमेरिकाको आक्रामक नीति र परमाणुको खतरलाई कडा रुपमा जवाफ दिने उल्लेख छ । उत्तर कोरियाको सो अभिव्यक्ति पछि झनै अवस्था तनावपूर्ण बन्दै गएको छ ।
‘कोरियाई प्रायद्धीपमा ‘आज वा भालि’ जहिले पनि युद्ध हुनसक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
उता अमेरिकी राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता कैटलिन हेडनले उत्तर कोरियाको भनाईले युद्धको अवस्थालाई टार्ने किसिमबाट नआएको आरोप लाएका छन् । उनले भनेका छन्, ‘उत्तर कोरियाको भनाईले युद्ध रोक्न भन्दा पनि युद्धलाई मद्दत गर्ने किसिमबाट आएको छ ।’

प्रतिक्रिया