काठमाडौं, २२ चैत । प्रमुख चार राजनीतिक शक्ति सहभागी उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचन र राजनीतिक निकासका बारेमा विभिन्न राजनीतिक दलहरुसंग परामर्श गर्ने निर्णय गरेको छ ।
नयां बानेश्वरमा आज बसेको समिति बैठकले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, निर्वाचन आयोग र नेकपा–माओवादीसहित आन्दोलनरत दलहरुसग परामर्श गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
समितिले असारमा निर्वाचन हुंने सम्भावना घट्दै गएका विषयमा पनि अन्य दलहरुसंग छलफल गर्ने छ । यदि असारमै निर्वाचन गर्न नसकिए के गर्ने भन्ने विषयमा पनि दलहरुको रायसुझाव लिइने नेताहरुको भनँई छ ।
असारमा निर्वाचन गर्ने पूर्व सहमति विथोलिने संकेत देखिए पछि चार राजनीतिक शक्तिले अन्य दलहरुसंग परामर्श गरेर निकास निकाल्ने तयारीमा पुगेका हुन् ।
साना दलहरुले निर्वाच नियमावलीको विरोध गरेका बारेमा पनि समितिले छलफल गरेको थियो । त्यस विषयमा पनि दलहरुसंगको परामर्शबाट निकास निकालिने छ ।
प्रतिक्रिया