‘रडरलेस’मा सेलिना

Selena-Gomezलन्डन : हलिउड चलचित्र ‘रडरलेस’मा गायिका तथा अभिनेत्री सेलीना गोमेजको अभिनय रहने भएको छ । चलचित्र विलियम एच मेसीको निर्देशनमा बन्न लागेको हो । मेसीको यो पहिलो चलचित्र हो ।
२० वर्षीय गोमेजले यसमा चलचित्र ‘स्टार ट्रेक’का अभिनेता एंटन येलचिन, ‘द मैट्िरक्स’का अभिनेता लोरेन्स फिसबर्न र बिली कुरदपका साथमा काम गर्दै छिन् । छोराको मृत्युपछि उसले लेखेको एक गीतको पत्र बुबाको हातमा परेको कथालाई चलचित्रको विषय बनाइएको छ ।
बुबाले मृत्यु भएको छोराकै सम्झनाका एउटा ब्यान्ड बनाएर उसैले लेखेको गीत गाउन लगाउने सम्मका कथा चलचित्रमा समेटिएको छ । ‘फर्गो’का अभिनेता मेसीले पनि चलचित्रमा श्रीमती तथा
‘डेस्परेट हाउसवाइफ’ चलचित्रकी अभिनेत्री फेलिसिटी हफमेनका साथ अभिनय गर्दै छन् । निर्देशक मेसले जेफ रोबिन्सनसंग मिलेर चलचित्रको पटकथा तयार पारेका हुन् । चलचित्र छायांकनको तयारीमा छ ।
(एजेन्सी)

प्रतिक्रिया